भाटभटेनी सुपरमार्केटबाट २ लाख रुपैयाँभन्दा बढीको सामान चोरी गर्ने व्यक्ति ठिमीबाट पक्राउ

मंगलबार, २३ बैशाख २०८२

काठमाडौँ : काठमाडौँ महानगरपालिका ५, नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट रक्सी, चुरोट र सितन चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति दोलखा बैतेश्वर गाउँपालिका ३ का ३७ वर्षीय विमल श्रेष्ठ हुन्, जो हाल भक्तपुर ठिमीमा बसोबास गर्दै आएका थिए।

श्रेष्ठले वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टमेन्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए। उनलाई वैशाख २१ गते भक्तपुरको ठिमीबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार श्रेष्ठमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार