विराटनगर : सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ ।
सञ्चारकर्मी सञ्चार सहकारीको आइतबार बसेको कार्यसमितिको बैठकले हरेक वर्ष असार २७ गते मनाइने संस्थाको स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो ।
पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको सहकारीका अध्यक्ष दीपक दाहालले जानकारी दिए ।
अध्यक्ष दाहालका अनुसार ५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका संस्थापक अध्यक्ष एवम् नेपाल खोज अनलाइनका प्रधान सम्पादक सुवास ढकाललाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
१० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार विराट पोष्टकी पत्रकार रुमा दाहाललाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
त्यसैगरी २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार ब्लाष्ट दैनिक विराटनगरका सम्वाददाता अनिल श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष एवम् उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेललाई प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।
यसभन्दा अगाडि तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मानबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान र मोहन भण्डारी सम्मानित भई सकेका छन् ।
मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल र झुना भट्टराई सम्मानित भई सकेका छन् ।
मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्ण सम्मानित भई सकेका छन् ।
त्यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट भीम चापागाईं ९इलाम०, गजेन्द्र बुढाथोकी ९काठमाडौं० अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल र सुशीला पाठक सम्मानित भई सकेका छन्
प्रतिक्रिया