गार्डियन माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक उत्सव सम्पन्न

आइतबार, २२ असार २०८२

विराटनगर : गार्डियन माइक्रो इन्स्योरेन्सको केन्द्रीय तथा कोशी प्रदेश कार्यालय, विराटनगरमा एक विशेष समारोहका साथ तेस्रो वार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रममा इन्सोरेन्सका कोशी प्रदेशका प्रमुख सरोज पौडेलले केक काटेर उत्सव मनाए । 

विराटनगर शाखाकी प्रमुख बिमला पराजुलीले गार्डियन माइक्रो इन्स्योरेन्सले स्थापना यता साना तथा मझौला आय भएका वर्गलाई लक्षित गर्दै बीमाको पहुँच बिस्तारमा उल्लेखनीय भूमिका खेलेको बताइन् । संस्थाले समाजका हरेक वर्गसम्म सस्तो, सहज र भरोसायोग्य बीमा सेवा पु¥याउन निरन्तर प्रयत्न गरिरहेको स्पष्ट पारेकी छिन् । 

कोशी प्रदेश प्रमुख सरोज पौडेलले बीमालाई सामाजिक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भन्दै यस प्रकारको अभियानले समान अवसर र आर्थिक सुरक्षा सुनिश्चित गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार