कोशी प्रदेश प्रमुख खापुङ समक्ष दलित आयोग प्रतिवेदन बुझाइयो

शुक्रबार, २३ फागुन २०८१
मोरङ : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष राष्ट्रिय दलित आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ । शुक्रवार आयोगका सदस्य टुन्जे कामी (बराइली)ले आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङ्गलाई बुझाएका हुन् । सो अवसरमा प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै मुलुकलाई एकताबद्ध राख्न समाजमा कुनै पनि नागरिक माथि भेदभाव गर्न नहुने बताए । उनले दलित माथि भएको भेदभाव राष्ट्रिय समस्या भएको चर्चा गर्दै मुलुकका सबै जातजाति, समुदाय, भाषाभाषी र सबै खालका पहिचानलाईसँगै लगेर देश बलियो बनाउनेतर्फ लाग्न आग्रह गरे । प्रदेश प्रमुख खापुङ्गले आयोगले पेस गरेको प्रतिवेदन प्रदेश सभामा व्यापक छलफल गरी कार्यान्वयन गर्न आफू सजग भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । आयोगका सदस्य बराइलीले सिङ्गो सरकार दलित मैत्री भएमा समाजबाट छुवाछुत र भेदभाव अन्त्य गर्न सहयोग पुग्ने बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार