विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षको प्यानलै विजयी भएको छ ।
अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र महिला उपसचिवमा उषा झा विजयी भएका हुन् । विजयी भएकाहरु सबैले इतर पक्षबाट उम्मेदवारी दिएका थिए ।
पार्टीको संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा ईर्जालाल राजवंशी र महिला उपसचिवमा शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका थिए ।
प्रतिक्रिया