नेशनल लाइफको अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

आइतबार, ०६ फागुन २०८०
इटहरी : नेशलन लाइफ इन्स्योरेन्स कम्पनी इटहरी शाखाले अभिकर्ता सम्मान तथा तालिम कार्यक्रमको आयोजना गरेको छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा शाखामा कार्यरत ३ सय बढी अभिकर्ताहरूको सहभागिता रहेको शाखा प्रमुख भोजमान श्रेष्ठले बताए । कार्यक्रममा पदक योजना एचिभर तथा वर्ष भरि उत्कृष्ट हुने ४२ जना अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नरेन्द्र राई र कम्पनीका नायब कार्यकारी प्रमुख स्मृतिराज कँडेलले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान प्रदान गरेका थिए । कार्यक्रममा नायब कार्यकारी प्रमुख  कँडेलले अभिकर्ताहरूलाई सहजिकरण गरेका थिए । बिमा क्षेत्र पछिल्लो समय सर्बसधारण जनताको पहुँचमा पुग्दै जानुले यसको दायरा फराकिलो हुँदै गएको कँडेलले बताए । नेशनल लाइफ इन्स्योरेन्स बिमा क्षेत्रमा नेपालमै अग्रणी स्थानमा रहँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार