तीन दशकदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्डको विकल्प नभेटेका नेता कार्यकर्ताले के नेतृत्व फेर्लान् ?प्रचण्ड आफैंले विधान अधिवेशनमा आफूले नेतृत्व छोड्न तयार रहेको तर नेतृत्वका लागि कोही नेता तयार भइनसकेको बताउँदै अझै आफैं नेतृत्वमा रहने बताइसकेका छन् । मोहन वैद्य, डा.बाबुराम भट्टराईलाई प्रचण्डको विकल्पका रूपमा हेरिएको भए पनि उनीहरू एउटै पार्टीमा छैनन् । प्रचण्डका गुरुसमेत रहेका वैद्य माओवादीमा फर्किने सम्भावना छैन । प्रचण्डसँग हेटौंडा अधिवेशनमा प्रतिस्पर्धा गर्दै नेतृत्व लिन खोजेका बाबुराम नेतृत्वको पार्टीसँग एकीकरण गर्ने प्रयास भइरहेको भए पनि त्यो सफल हुन सकेको छैन । रामबहादुर थापा ‘बादल’सहित केही नेता एमालेमा प्रवेश गरिसकेका छन् । माओवादीमै रहेका नेताहरू प्रचण्डसँग प्रतिस्पर्धा गर्ने आँट नै गर्न सक्दैनन् । पारित विधानअनुसार पार्टी नेतृत्व चयन भए पनि प्रचण्डको विकल्प नभएको माओवादी नेताहरू आफैं स्वीकार गर्छन् । पारित विधानअनुसार केन्द्रीय कमिटी गठन गर्दा कार्यकर्तालाई जोगाउन प्रचण्डलाई समस्या पर्ने देखिन्छ । अहिले नै ६ सयभन्दा बढी केन्द्रीय सदस्य रहेका छन् । कुनै समय ४ हजारसम्म केन्द्रीय सदस्य बनाएको माओवादीले अब पारित विधानअनुसार १ सय ९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । यसले गर्दा धेरै नेता जिम्मेवारीविहीन हुनेछन् । केन्द्रीय कमिटीमा रहिसकेका नेतालाई अब प्रदेश कमिटीमा कसरी बस्ने भन्ने मिलाउन त्यति सजिलो छैन । ‘पार्टी विधान अधिवेशनबाट विधान त पारित भयो, तर यो हात्तीको देखाउने दाँतजस्तै भएको छ । यसले पार्टीमा कुनै परिवर्तन हुनेवाला छैन । तीन दशकदेखि अध्यक्ष रहेका प्रचण्ड नै अध्यक्ष हुने हो । अन्य पदाधिकारीमा केही तलमाथि हुनसक्छ । हिजोका दिनमा हजारौं केन्द्रीय सदस्य बनाउने पार्टीले अब विधानअनुसार नै १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी कसरी बनाउँछ रु त्यो हेर्न बाँकी नै छ । ‘समग्रमा विधान त बन्यो, तर कार्यान्वयन गर्न प्रचण्ड आफंैलाई गाह्रो हुन्छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने । विधानअनुसार केन्द्रीय कमिटीका सदस्यहरू महाधिवेशन प्रतिनिधिले चयन गर्ने अधिकार छ । तर, पदाधिकारी केन्द्रीय कमिटीले मात्रै चयन गर्ने पुरानै व्यवस्था नयाँ विधानमा गरिएको छ । यस्तो व्यवस्था यसअघिको विधानमा समेत रहेको थियो । तर, महिनौं लगाएर अधिवेशन सम्पन्न गर्दै प्रचण्ड आफैंले सर्वसम्मतिको नाममा केन्द्रीय कमिटीको घोषणा गर्दै आएका छन् । अब सर्वसम्मत हुन नसकेको महाविधेशनका प्रतिनिधिले लोकतान्त्रिक पद्धतिनुसार निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्न पाउनेछन् । प्रदेश, जिल्ला र पालिका स्तरका सबै कमिटीमा पनि यही व्यवस्थानुसार नेतृत्वको चयन हुनेछ । पारित विधानअनुसार केन्द्रबाट सिधै नेतृत्व घोषणा गर्ने काम बन्द हुन्छ वा चयन गरिएका प्रतिनिधिबाट कमिटीको चयन हुन्छ रु त्यो पनि आउने दिनमा हुने अधिवेशनसम्म पर्खिनुपर्ने हुन्छ । पारित विधानअनुसार अब पार्टीको केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिको एक तिहाइ हुनेगरी पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ हुनेगरी स्थायी समिति बन्नेछ । पार्टीको दैनिक कार्य सञ्चालनका लागि पार्टी अध्यक्षको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने विधानमा उल्लेख गरिएको छ । पारित विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने भनिएको छ । तर, विधानमा पदाधिकारी संख्या कति हुने भन्ने ’दयगतमा केही पनि उल्लेख गरिएको छैन । ‘विधान अधिवेशनबाट विधान त पारित भयो तर पदाधिकारी कति हुने भन्ने कुरा भोलिका दिनमा प्रचण्डलाई आवश्यक परेजति राख्न सकिन्छ, जुन पहिलेदेखि नै हुँदैआएको कुरा हो, आउने दिनमा पनि सोहीनुसार हुनेछ,’ एक नेताले भने । कतिपय नेताले पदाधिकारीको संख्या आवश्यकतानुसार महाधिवेशनले टुंगो लगाउने बताउँछन् भने कतिपय नेताले पदाधिकारीको संख्या महाधिवेशनले टुंगो लगाउने हो भने यो विधान अधिवेशन केका लागि गरेको भन्दै प्रश्नसमेत गर्दै छन् । जसरी केन्द्रीय कमिटीसहित अन्य कमिटीको संख्या विधान अधिवेशनले टुंगो लगायो, त्यसरी नै पदाधिकारीको टुंगो विधान अधिवेशनले नै लगाउनुपथ्र्यो, तर त्यसो हुन दिइएन । यद्यपि, तल्लो कमिटीमा कुन पदमा कति पदाधिकारी हुने भन्ने विषय विधान अधिवेशनले टुंगो लगाएको छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया