गौरादह जेसीजको एक दशक :अङ्कुरणको बिमोेचनमा वृहत् जेसीज साँझ हुँदै

विहीबार, १७ फागुन २०८०
दमक- गौरादह जेसीजले स्थापनाको एक दशक पूरा भएको अवसरमा प्रकाशित जेसीज दशक स्मारिका ‘अङ्कुरण’ को भोलि शुक्रवार गर्ने भएको छ । गौरादह स्थित दशमी पाटी प्यालेसमा बृहत् जेसिज साझको आयोजना गरी अङ्कुरणको विमोचन गर्न लागेको गौरादह जेसीज वर्ष २०२४ का अध्यक्ष खड्ग बहादुर थापाले बताए । Qकार्यक्रममा नेपाल जेसीजका तर्फबाट राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर रविन पोखरेलको समेत उपस्थिति रहने बताइएको छ । ‘अङ्कुरण’ विमोचनको अवसर पारेर विशेष जेसीज साँझ गर्न लागेको आयोजकले जनाएको छ । अङ्कुरण विमोचन कार्यक्रमको पछिल्लो खण्डमा गजलकार प्रदीप रोदन, नाट्यकर्मी तथा कवि भरत गुरागाईँ बर्वरिक, कवि रिता पोखरेल, साहित्यकार तथा कवि खगेन्द्र न्यौपाने , कवि सुजता बस्याल र मनीषा कठायत समेतको रचना वाचनको कार्यक्रम रहेको जानकारी स्मारिका सम्पादन मण्डलका संयोजक जेसी सौरभ भट्टराईले बताए । समाज परिवर्तनका संवाहक युवाहरूले साहित्य तथा पठन संस्कृतिलाई महत्त्व दिएर बिरलै मात्रामा स्मारिका प्रकाशित हुने गरेकोमा जेसीजको यो प्रयास अनुकरणीय, सराहनीय रहेको जानकारहरू बताउँछन् । अङ्कुरणमा गौरादह जेसीजका अग्रज, गौरादह क्षेत्रका प्रतिष्ठित व्यक्ति र गौरादह बाहिरका जेसीजलाई नजिकबाट नियालिरहेका व्यक्तित्वहरूको अनुभव समेत सग्रह गरिएको अध्यक्ष थापाले दाबी गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार