प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शान्तिबहादुर अधिकारी,केन्द्रीय सल्लाहकार प्रदीप अधिकारी,बिश्वहिन्दु महासङ्घका केन्द्रीय अध्यक्ष देवराज अधिकारी,प्रतिष्ठानका केन्द्रीय सदस्य गुरुप्रसाद अधिकारी, एकल महिला समूहकी जिल्ला अध्यक्ष शान्ता अधिकारी,प्रतिष्ठानका जिल्ला अध्यक्ष लीलाराज अधिकारी,इटहरी नगर अध्यक्ष विवेक अधिकारी,धरान अध्यक्ष उद्धव अधिकारी लगायतले बोलेका थिए ।
प्रमुख अतिथि केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीले विश्वका सम्पूर्ण अधिकारीहरू एकै भएका कारण भाई बन्धुत्वको भावना जागृत गर्न पनि यस खाले कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताए ।
साधारणसभा पश्चात आयोजित अनौपचारिक कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएको जिल्ला अध्यक्ष लीलाराज अधिकारीले बताए ।
प्रतिक्रिया