अदुवाको बीउमा ७० प्रतिशत अनुदान दिँदै कुम्मायक गाउँपालिका 

शनिबार, २६ फागुन २०८०
पाँचथर / कृषिलाई प्राथमिकतामा राखेको कुम्मायक गाउँपालिकाले ७० प्रतिशत अनुदानमा अदुवाको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले अदुवा प्रर्वद्धन कार्यक्रम अन्तर्गत अनुदानमा बीउ वितरण गर्न लागेको हो ।
गाउँपालिकाले अदुवा पकेट निर्माण गर्नको लागि स्थानीय बासिन्दालाई बीउ वितरण गर्नको लागि अनुदानमा बीउ वितरण गर्नको लागेको हो ।
कृषि शाखा अधिकृत सबिन खतिवडाका अनुसार वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई लक्षित गरी बीउ वितरण गर्न लागेको हो ।
बीउ वितरण गर्नको लागि गाउँपालिकाले ७० प्रतिशत र स्थानीय बासिन्दाले ३० प्रतिशत लागत व्यहोर्नु पर्ने छ ।
स्थानीय बासिन्दालाई मागको आधारमा अदुवाको बीउ वितरण गरिने जनाइएको छ ।
यस चालु आवमा २ सय २८ मन अदुवाको बीउ वितरण गर्न लागिएको छ ।
जसका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिसकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार