जुत्ता–चप्पल खरिदमा ५५ लिटरको एयरकुलर बम्पर उपहार

शुक्रबार, ०२ चैत्र २०८०
इटहरी - इटहरीको पश्चिम लाइनमा रहेको नेपाली जुत्ता–चप्पल बिक्री केन्द्रले उपभोक्ताका लागि ‘बिग सेल, बिग अफर’ ल्याएको छ । जुत्ता–चप्पलको खरिदमा ५५ लिटरको एयर कुलर बम्पर उपहार दिने जुत्ता चप्पल दिने घोषणा गरेको छ । यस्तै, होली पर्वको अवसर पारेर बम्पर उपहारसहितको छुट अफर ल्याएको जुत्ता चप्पल बिक्री केन्द्रले जनाएको छ । बिक्री केन्द्रमा एक हजार पाँच सयको जुत्ता चप्पलको खरिदमा एउटा होली टि–सर्ट सित्तैमा दिने पाइनेछ । हरेक १० दिनमा एक जनालाई ५५ लिटरको एयर कुलर बम्पर उपहारको रूपमा प्रदान गरिनेछ । बिक्री केन्द्रमा खरिद गरिने जुनसुकै जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म हरेक दिन छुट प्राप्त गर्न सकिनेछ । चाडपर्वको अवसरमा थप छुट सहितको अफर ल्याएको सञ्चालक होमनाथ उपाध्यायले जानकारी दिए । होलीको अवसरमा उपभोक्तालाई थप छुट सहितको बम्पर उपहार प्रदान गरिएको उनले बताए । सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका उत्पादनहरू प्राप्त गर्न सकिने सामूहिक नेपाली जुत्ता चप्पल बिक्री कक्षका सञ्चालक नानीराज घिमिरेले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार