वित्तीय साक्षरतालाई देशको कुना कुना लैजाने योजना छ : गभर्नर अधिकारी

सोमबार, ०५ चैत्र २०८०
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताएका छन् । सोमवार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्याउन जरुरी रहेको बताए । गभर्नर अधिकारीले ग्लोवल मनि विकको अभियान सुरुवाती चरणबाटै सक्रिय रहेको बताए । अधिकारीले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिबद्धता जनाए । वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गरे । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम ९सेलेवस० मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । अधिकारीले कुनैपनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औँल्याए । ग्लोवल मनी वीकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उनले उल्ल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार