मुख्यमन्त्री कार्कीले सोही क्रममा धनकुटामा रहेका सरकारी निकायका प्रतिनिधिलाई जनताका चाहानाअनुसारका काम गर्न निर्देशन समेत दिएका छन् । आगामी ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्ण रूपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिए । ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको थिएन ।
मुख्यमन्त्री कार्कीले भने,‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’
सोही क्रममा महिला स्वास्थ्य स्वयं सेविकाले धनकुटामा मुख्यमन्त्री कार्कीलाई स्वागत गरेका छन् । महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहनका साथै सम्मान गरेर प्रदेश सरकारले उदाहरणीय काम गरेको भन्दै सम्मान गरिएको हो ।
महिला स्वास्थ्य स्वयं सेविकाले आफूहरूका समस्या दीर्घकालीन रूपमा समाधान गर्न मुख्यमन्त्री कार्की समक्ष आग्रह गरेका छन् ।
संचारकर्मीहरूसंगको छलफलमा मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कोसी प्रदेशका खेलाडी र प्रशिक्षकलाई पुरस्कृत, प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन, राजनीतिक तथा स्थानीय बुद्धिजीवीसँग सुझाव सङ्कलनका साथै सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठसँग आशीर्वाद लिएर विराटनगर फर्किएका छन् ।
प्रतिक्रिया