इलाम / आगामी वैशाख १५ गते हुने उप निर्वाचनका लागि इलाममा एकीकृत समाजवादीले उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने भएको हो । सत्ता साझेदार एकीकृत समाजवादीले इलाममा छुट्टै उम्मेदवार बनाउने भएको हो ।
सो पार्टीका सम्मानित नेता झलनाथ खनालका अनुसार इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको बताए । तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताइएको छ ।
यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउन सक्ने भए पनि बझाङमा उम्मेदवारी दिन पार्टीलाई कसैले नरोक्ने बताएका थिए ।
प्रतिक्रिया