इलाम नगरपालिकाको घुम्ती शिविरबाट दुई सय ९७ जनालाई सेवा प्रदान 

बुधबार, १४ चैत्र २०८०
इलाम / इलाम नगरपालिका इलामले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा दुई सय ९७ जनाले सेवा लिएका छन् ।
नगरपालिका ११ नम्बर वडा कार्यालयमा सञ्चालन गरिएको शिविरमा ५२ जना महिलालाई स्त्रीरोग विशेषज्ञबाट सेवा दिएको छ ।
२८ जना महिलाको पाठेघरको मुखको क्यान्सर (via) परीक्षण गरिएको छ । त्यस्तै एक सय पाँच जनालाई आयुर्वेद सेवा प्रदान गरिएको नगरपालिकाका प्रवक्ता नुनदेव दुलालले जानकारी दिए ।
उनका अनुसार एक सय दुई जनाको आँखा परीक्षण गरेर सात जनालाई शल्यक्रियाको लागि रेफर गरिएको बताइएको छ ।
सोही शिविरमा एक सय पचास  घर धुरीका बाख्रा, गाई, सुँगुरलाई सेवा प्रदान गरिएको बताइएको छ ।
५६ जना किसानलाई  कृषि परामर्श र घाँसको बिउ समेत वितरण गरिएको बताइएको छ । सोही शिविरबाट एक जनालाई रातो अपाङ्गता परिचय कार्ड वितरण गरिएको छ ।
चार जनालाई निलो कार्ड वितरण गरिएको छ भने चालिस जनालाई वैदेशिक रोजगारी सम्बन्धी निःशुल्क परामर्श दिइएको छ ।
इलाम नगरपालिका प्रमुख केदार थापाको अध्यक्षता तथा प्रदेश २ क का सांसद गोविन्द गिरिको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा उप प्रमुख विष्णुकुमारी लिम्बू दाहाल, प्रमुख प्रशासकीय अधिकृत गणेश खडका, इलाम अस्पतालका मेसु डा. प्रभु शाह, नगर प्रवक्ता ४ नम्बर वडा अध्यक्ष नुनदेव दुलाल, ८ नम्बर वडा अध्यक्ष दलमान तामाङ, ११ नम्बरका वडा अध्यक्ष  टासी जवेगु, इलाम कृषि क्याम्पस प्रमुख योगेन्द्र मान श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।
शिविरले वडाबाट इलाम अस्पतालसम्म आउन नसकिरहेका बृद्धबृद्धाहरुलाई समेत सेवा दिइएको भन्दै यस्तै कार्यक्रम अन्य वडामा समेत गरिने प्रमुख थापाको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार