सुनको मूल्यले फेरि राख्यो कीर्तिमान , तोलाको कती ?

विहीबार, १५ चैत्र २०८०
काठमाडौं / सुनको मूल्य फेरि कीर्तिमान कायम गरेको छ। यसअघि चैत ८ गते कीर्तिमान कायम गर्दै १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको सुनको मूल्यले बिहीबार कीर्तिमान कायम गरेको हो। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्दा चाँदीमा प्रतितोला २० रुपैयाँको बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ हुँदा तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँ छ। यस्तै चाँदीको मूल्य बिहीबार तोलाको १ हजार ५१० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार