इलाम २ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उम्मेद्धार

विहीबार, १५ चैत्र २०८०
इलाम / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ । राप्रपाले इलाम-२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । पार्टीको विहिबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो । इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुदै छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार