एक बर्षमा ५ हजार ८ सय ७६ बन्द हड्तालका घटना

विहीबार, १५ चैत्र २०८०
काठमाडौं । पछिल्लो एक वर्षभित्र देशभर ५ हजार ८ सय ७६ वटा बन्द हड्ताल तथा विरोधका घटनाहरु भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले देशभर ५ हजार ८ सय ७६ वटा विरोधका घटनाहरु भएको बताएका हुन् । उक्त घटनामा १ लाख ४८ हजार ३ सय ७७ जना प्रहरी परिचालन गरिएको थियो भने १ हजार १ सय ६६ सेल ग्याँस गन, ३ सय २४ राउण्ड हवाई फायर र ९७ राउण्ड रबर बुलेटको प्रयोग भएको पनि उनले जानकारी दिएका छन् । यसका साथै घटनामा प्रहरीतर्फ ४ सय ४४ जना घाईते भएका छन् भने प्रदर्शनकारी १ हजार २ सय ९० पक्राउ, एकसय ९० घाइते र तीन जनाको मृत्यु भएको विवरण पनि सार्वजनिक गरिएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार