नेपाली सेना पूर्वी पृतनाका पृतनापति, मोरङ, सुनसरी र उदयपुर जिल्लाका विभिन्न पालिकाका स्थानीय सरकार प्रमुख, कोशी प्रदेश सरकारका निमित्त प्रमुख सचिव, नेपाली सेना पूर्वी पृतना अन्तर्गतका बाहिनीपतिहरु, प्रदेश सुरक्षा समितिका पदाधिकारीहरू, मोरङ, सुनसरी र उदयपुर जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरू, विभिन्न सङ्घसंस्था प्रमुख, पूर्व सशस्त्र प्रहरी कर्मचारी, पूर्व क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी, अमर सशस्त्र प्रहरीका परिवार तथा पत्रकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
स्थापना दिवसका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षकले सशस्त्र प्रहरी बल, नेपाललाई स्थापना कालदेखि हालसम्मको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रूपले योगदान गर्ने सवैलाई स्मरण गर्दै स्थापना दिवस मनाउने परम्पराले सशस्त्र प्रहरी कर्मचारीहरूमा आफ्नो युनिट प्रति कर्तव्यनिष्ठता बढ्ने बताए ।
बाहिनीले कोशी प्रदेशको समग्र सुरक्षा व्यवस्थापन र राजश्व चुहावट नियन्त्रण गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको तथा विपद् व्यवस्थापनको लागि सम्बन्धित सबै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी आवश्यक पूर्व तयारी गर्न आग्रह समेत गरे ।
१ नं बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सङ्गठन प्रमुखबाट ल्याइएका नीतिगत सुधारका योजनालाई बाहिनी तथा मातहत इकाईहरूले कार्यान्वयन गरिरहेको तथा भविष्यमा अझ प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने प्रतिवद्ता व्यक्त गर्दै कोशी प्रदेश सरकारको सहयोगमा २० जना गोताखोर जनशक्ति उत्पादन गरी खोज तथा उद्धारमा थप सबल बनाएको बताए ।
बाहिनीपति पोखरेलले सुरक्षा बेस मुलघाट, धनकुटालाई डेडिकेटेड विपद् व्यवस्थापन वेसको रूपमा स्थापना गरिएको एवम् सप्तकोसी नदीमा निकट भविष्यमा रेस्क्यू टावर स्थापना गर्न लागिएको समेत जानकारी दिए ।
प्रतिक्रिया