इलाममा धमाधम उम्मेदवारी दर्ता

शनिबार, २४ चैत्र २०८०
इलाम / आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा हुने उपनिर्वाचनका लागि आज धमाधम उम्मेदवारी भइरहेको छ। उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर अहिले उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। अहिलेसम्म जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले मनोनयन दर्ता गराइसकेका छन्। एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु, कांग्रेसबाट डम्बर खड्कालगायत अन्य साना दलले पनि आज उम्मेदवारी दर्ता गराउँदै छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार