प्रतिनिधि सभामा कांग्रेसको अवरोध कायमै, गृहमन्त्री लामिछानेमाथि छानबिन समिति गठन हुनै पर्ने अडान

बुधबार, २८ चैत्र २०८०
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध कायमै राखेको छ । प्रतिनिधि सभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले बोल्न सांसद् रामहरि खतिवडालाई बोल्न समय दिए । आफ्नो धारणा राख्दै सांसद खतिवडाले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पोखरामा प्रहरीले अनुसन्धान जारी राखे पनि काठमाडौंमा गठबन्धन परिवर्तन भएलगत्तै अनुसन्धान रोकिएको दाबी गरे । नेपाली कांग्रेसले महिनौंदेखि यहीँ विषयमा कुरा उठाउँदासमेत सरकार गम्भीर नभएको दाबी गर्दै उनले कसैलाई पसाउन नखोजेको स्पष्ट पारे । दोषी नभएको पाइए मान्न कांग्रेस तयार रहेको बताउँदै खतिवडाले गृहमन्त्रीले गरेका गल्तीमाथि सरकारले माफी दिएको भए देखाउन चुनौती दिए । सहकारीको अरबौं रुपैयाँ गोरखा मिडिया प्रालिका नाममा अपचलन गरिएको दाबी गर्दै उनले सोही संस्थाका प्रवन्ध निर्देशक लामिछानेमाथि छानबिन नगर्नुले सरकारको अभिष्टमाथि प्रश्न उब्जिएको उल्लेख गरे । उनले भने, ‘६ वटा सहकारीको एक अर्बभन्दा बढी रकम गोरखा मिडिया प्रालिमा गएको छ । त्यो पैसा लाने मान्छेलाई दण्ड हुन्छ कि न्याय हुन्छ ? यो फैसला गर्ने ठाउँ काहाँ हो ? त्यसैले एउटा संसदीय छानबिन समिति गठन होस् । फैसला सुनाउने अधिकार सरकारलाई छैन । समितिले जे निर्णय गर्छ, त्यो मान्न म तयार छु भनेर प्रस्तुत हुने वातावरण बनोस् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार