इलाम / इलाममा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध गरिएको छ । इलाममा हुन लागेको उपनिर्वाचनका अवसरमा मदिरा प्रतिबन्ध गरिएको हो ।
इलाम २ मा आगामी वैशाख १५ गते उप निर्वाचन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आगामी वैशाख १५ पछिको मत गणना नसकुन्जेलसम्म मदिरा विक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
निर्वाचन पूर्व, निर्वाचन र निर्वाचन पछिको को समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै वैशाख २ देखि मदिराजन्य पदार्थ विक्री–वितरण एवम् सेवन गर्न समेत रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवम् बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।
कार्यालयले यस अघि नै सूचना जारी गर्दै इजाजत लिएर घरमा राखिएका हतियार समेत नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
प्रतिक्रिया