काठमाडौं : डा. आयुष्नोभा ढुंगानाले ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४’ को उपाधि जितेकी छिन् ।
बुधवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मिस्टर एन्ड मिस नेसनल नेपाल– २०२४’ मा उनले उक्त उपाधि जितेकी हुन् । डा. ढुंगानाले सब–टाइटलतर्फ ‘मिस एलिगेन्स’ समेत हात पार्न सफल भएकी छन् ।
डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र चिकित्सा पेशालाई एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी हुन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कूलबाट जनेशरल साइकीह्याटीक म्यानेजमेन्ट, साइको इडुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।
प्रतियोगतिामा ‘मिस इन्टर–कन्टिनेन्टल नेपाल’ सहित अन्य तीन विजेता समेत छानिएको थियो । त्यस अन्तर्गत सजिना खनालले ‘मिस सुप्रा नेसनल–२०२४’ तथा धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रानेसनल २०२४’ को उपाधि हात पारे । प्रतियोगिताको अर्को महत्वपूर्ण ‘मिस ग्लोबल नेपाल २०२४’ को उपाधि मोनिका अधिकारी तथा ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्न सफल भए ।
सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको फिनाले महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए । विजेता सबैले उपाधिको साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त प्राप्त गरेका छन् ।
प्रतिक्रिया