प्रदेश १ का मन्त्री जीवन आचार्यले गरे वन भवनको उदघाटन

शनिबार, ०६ फागुन २०७९
ऋषि राई उदयपुर । उदयपुरमा डिभिजन वन कार्यालय त्रिवेणी कटारीको आधुनिक भवनको शनिबार उदघाटन गरिएको छ ।भवनको प्रदेश एकका पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले उदघाटन गरे । प्रदेश सरकारको बजेटबाट दुई वर्षअघि निर्माण सुरु भएको भवनको उदघाटन गर्दै मन्त्री आचार्यले वनसँग वाझिएका कानुनहरुको अध्ययन गरी नियमावली बनाउने बताए । “वनसँग वाझिएका कानुनहरुको अध्ययन गरेर नियमावली बनाउँछौं ।”भन्त्री आचार्यले भने ।“वन समूहका पदाधिकारीहरुको विवरण , आम्दानीको स्रोत र खर्चहरुसाथै सुधारका योजना बनाउनुहोस ।” भवनको उदघाटनसँगै कार्यालयका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले कार्यालयले गरेका प्रगति , भावि योजनाहरुका बारेमा जानकारी गराएका थिए । “संघीय भूमी ऐन र वन ऐन वाँझिदा समस्या छ ।”प्रमुख घिमिरेले भने –“भूमी ऐनले १० वर्ष वसेकोलाई दर्ता गर्ने भन्छ जुन वन ऐनमा वनमा उल्लेख गरिएको छ ।” साथै कार्यालयका प्रमुख घिमिरेले अव भवन परिसरमा कम्पाउण्डको पनि आवश्यकता रहेको बताए । दुई वर्ष अर्थात् २८ साउन २०८० भित्र निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता भए पनि त्यसअघि नै भवन बनि सकेर पनि संञ्चालनमा आएको थियो । भवन निर्माणको जिम्मा भ्याटबाहेक चार करोड ३० लाख ९८ हजार आठ सय ७९ रुपैयाँ ५९ पैसामा मिसन कन्स्ट्रक्सन एन्ड सप्लायर्स बानेश्वर काठमाडौँले लिएको थियो । समय अगावै भवन निर्माण गरिदिएको भन्दै कार्यक्रममा निर्माणको जिम्मा लिएका ईन्जिनियर सुरेन्द्र जयसवाललाई सम्मान समेत गरिएको थियो । प्रदेश १ का सदस्य रामकुमार खत्री लगायतका सरोकारवालाहरुको उपस्थितिमा भनको उदघाटन गरिएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार