मोरङको बूढीगंगामा रहेको कृषि फार्ममा आगलागी हुँदा ६ लाखको क्षति

आइतबार, ३० बैशाख २०८१
विराटनगर । मोरङको एउटा कृषि फार्ममा शनिबार राति आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका–६ सखुवाटोकीमा सञ्जय चौधरीले सञ्चालन गर्दै आएको किवान्स कृषि फार्ममा राति ९ बजेतिर आगलागी भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीमा परेर कृषि फार्म र त्यहाँभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, कम्प्युटर, बा ५२ प ११८ नम्बरको मोटरसाइकलसहित नगद ४७ हजार रूपैयाँजति रकम जलेको छ । आगलागीको कारण प्रष्ट भइसकेको छ । विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरिएको बस्नेतले बताए । उनका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय तथा चौपाया क्षति भने भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार