इटहरीका २४ वर्षीय धितालको काठमाडौँमा हत्या ,हत्यामा संलग्न ४ जना पक्राउ

आइतबार, ३० बैशाख २०८१
इटहरी । काठमाडौँ महानगरपालिका गौशाला डेरा गरी बस्ने सुनसरी, इटहरी उपमहानगरपालिका घर भएका २४ वर्षीय शम्भु धितालको कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौँ महानगरपालिका ८ तिलगंगा बस्ने १८ १८ वर्षीय ४ जना किशोरहरूलाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका ९ कुमारी मन्दिर नजिक शम्भु धिताललाई अपरिचित ३र४ जना व्यक्तिहरूले हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौँ महानगरपालिका  ८ तिलगंगाबाट पक्राउ गरेको हो । बाटोमा हिँड्दै गर्दा कुम ठोकिए पछि दोहोरो भनाभन भएको र हातै हालाहालको स्थिति सिर्जना भएको थियो । सोही क्रममा ४ जनाको समूहमा रहेका १ जनाले धिताल माथि छुरा प्रहार गरेर फरार भएको काठमाडौँ उपत्यका प्रहरी प्रवक्ता नवराज अधिकारीले बताए । फरार भएकाहरूको खोजी गर्ने क्रममा तिलगंगाबाट पक्राउ गरिएको र पक्राउ परेका ४ जना नाबालक भएकाले नाम सार्वजनिक नगरिएको प्रवक्ता अधिकारीले बताए । कुटपिटबाट गम्भीर घाइते भएका शम्भुको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार