लहानमा बम पड्काएर ४ घर लुटियाे, दुई जना स्थानीय गम्भीर घाईते

मंगलबार, ०१ जेठ २०८१
लहान । सिरहाकाे लहान नगरपालिका-१७ हरिपुर टाेलमा गएराति ४ घरमा लुटपाट भएको छ । ११ बजे राति देखि डाकाहरुले बम पडकाएर लुटपाट गरेका छन् । बम पडकिदाँ स्थानीयहरु घाईते भएका छन् । स्थानीयका अनुसार राजदेव यादव, अजय कुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवकाे घर लुटिएको छ । नगद, गरहना लुटेको छ ।   डाकालाई प्रतिकार गर्न खाेज्दा गम्भीर घाईते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाईएकाे छ । अन्य घाईते रामबाबु यादव, विरछ ठाकुर, जाेगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भईरहेकाे छ । डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन् । मेयर चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिएका छन् । घटनाबारेमा प्रहरीले अनुसन्धान थालेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार