सुनसरी : नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनालको प्यानलै विजयी भएको छ । खनाललाई संस्थापन पक्षको समर्थन रहेको थियो ।
आठौँ जिल्ला अधिवेशनबाट बुधबार साँझ सम्पन्न अन्तिम मत परिणाम अन्तर्गत खनालले तीन सय ८७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेलले दुई सय ८७ मत प्राप्त गरे । उनीहरूबिचको मतान्तर १ सयको रहेको छ ।
यसै गरी उपाध्यक्षमा परशुराम यादवले तीन सय ३२ मत ल्याएर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नन्द बस्नेतलाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन् । यादवले तीन सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए ।
सचिवमा राम कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बूलाई एक सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
कोइरालाले तीन सय ८७ मत प्राप्त गर्दा लिम्बुले दुई सय ७० मत प्राप्त गरे । यसै गरी उपसचिव महिलातर्फ इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई दुई सय ४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन् ।
राईले चार सय ३८ मत ल्याउँदा मगरले एक सय ९१ मत प्राप्त गरिन् । यसै गरी उपसचिवमा देवानन्द मेहतालाई एक सय ८८ मतले पछि पार्दे यामकुमार सुब्बा निर्वाचित भए । सुब्बाले तीन सय ८५ मत प्राप्त गर्दा मेहताले १ सय ९७ मत प्राप्त गरे ।
बाँकी सदस्यहरूको भने नतिजा आउने क्रम जारी रहेको छ । भोलि बिहान सम्ममा सम्पूर्णको नामावली आउने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया