चोरी पैठारी नियन्त्रण र राजश्व संकलनमा सुनसरी प्रहरी देखियो अब्बल

सोमबार, ०८ फागुन २०७९
सुनसरी । चोरी पैठारी नियन्त्रणमा सुनसरी प्रहरी पछिल्ले ७ महिनामा सफल देखिएको छ । चालु आर्थिक बर्ष ०७९।०८० मा जिल्ला प्रहरी कार्यलय सुनसरीले चोरी पैठारी गरिएको ठुलो परिणामका मालसामान,सवारी तथा मानिसहरुलाई पक्राउ गर्न सफल भएको छ । गत साउनमा ८ लाख ४८ हजार ८ सय ८० रुपैया राजश्व संकलन साथै चौपाया र खाद्यन्न पक्राउ गर्न सफल भएको सुनसरी प्रहरीले भदौमा १ करोड ४३ लाख ४२ हजार ६ सय ६८ रुपैया राजश्व संकलन गर्न सफल भयो । ८ वटा सवारी साधन सहित सिमेन्ट र खाद्यन्न र १० जना मानिस समेत नियन्त्रणमा लिईयो । असोजमा ५२ लाख ७४ हजार ५ सय ५० राजश्व संकलन,३ वटा सवारीसाधन,कपडा खाद्यन्न सहित ४ जना मानिसलाई समेत नियन्त्रणमा लिएको थियो । कार्तिकमा ५ लाख २५ हजार ८ सय ८० राजश्व ,पेय पदार्थ,खाद्यन्न,लत्ताकपडा र १ सवारी साधन नियन्त्रणमा लिएको थियो । मंसिरमा ६६ लाख ८८ हजार राजश्व संकलन,१ जना मानिस सहित ८ वटा सवारी साधन,खाद्यमल,कस्मेटिक सामान र लत्ताकपडा नियन्त्रणमा लिन सफल भएको थियो । पौषमा १८ लाख ६० हजार ४ सय ४४ राजश्व संकलन,१ जना मानिस,६ वटा सवारीसाधन सहित लत्ताकपडा र खाद्यन्न नियन्त्रणमा लिन प्रहरी सफल भयो । माघमा ५६ लाख ३६ हजार ३ सय ३५ राजश्व संकलन,३ जना मानिस सहित ३ वटा सवारी,चौपाया,माछा,खाद्यन्न लगायत नियन्त्रणमा लिएको प्रहरीले फागुनको पहिलो सातासम्ममा २ जना मानिस एउटा सवारी साधन सहित चौपाया समेत नियन्त्रणमा लिन सफल भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी प्रभु ढकालले प्रदेशखबर डटकमलाई दिएको जानकारी अनुसार सुनसरी प्रहरी हालसम्म ७ महिनाको अबधिमा ३ करोड ७५ लाख २४ हजार २ सय ५७ रुपैया राजश्व,३० वटा सवारी साधन र २१ जना मानिसलाई नियन्त्रणमा लिएर राजश्व दाखिला गर्न सफल भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार