कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

सोमबार, १४ जेठ २०८१
काठमाडौँ । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरेको छ ।धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । सोरिहिया गत मङ्गलवार देखी प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सोरिहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् । गत मङ्गलवार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधवार बिहान जनकपुर पुर्‍याइएको थियो । बुधवार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रवार पुनः तीन तीनको म्याद थपिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार