सुनसरी । नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ । नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
खनाल नेकपा एमाले सुनसरीको पन्ध्र दिन अघि भएको आठौँ अधिवेशनबाट सुनसरी जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएका थिए । स्वर्गीय खनाल वराहक्षेत्र नगरपालिकाको पूर्व संस्थापक मेयर थिए । लामो समयदेखि जन्डिसका बिमारी रहेका खनाल भारतमा उपचार गराउँदै आएका थिए । खनालका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया