विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डाक्टर सुनिल शर्माका छोरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ स्थित अस्पतालबाट सोमबार बिहानका राति २ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर–४ का २१ वर्षीय ईशान शर्मा, झापाको अर्जुनधारा नगरपालिका–७ का २१ वर्षीय एथेन्स भट्टराई र पर्साको वीरगन्ज उपमहानगरपालिका–१६ का २३ वर्षीय पप्पुकुमार सराफ रहेका छन् ।
पक्राउ पर्नेमध्ये ईशान शर्मा डा. सुनिल शर्माका छोरा हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अस्पतालभित्र विद्यार्थीहरुबीच खेलकुद भइरहेको समयमा काठमाडौँ महानगरपालिका–१ का २२ वर्षीय योएल लिम्बू र मोरङको बेलबारी नगरपालिका–३ का २१ वर्षीय शिशिर सुवेदीमाथि हातपात एवं दुर्व्यवहार भएको थियो ।
शर्मासहितले लिम्बू र सुवेदीमाथि हातपात गरेको बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका र दुर्व्यवहारमा पर्नेहरू अस्पतालमै चिकित्सक अध्ययनरत थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।
प्रतिक्रिया