खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको सेवा सुबिधा के हुन्छ ?

बुधबार, ०५ असार २०८१
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन् ।
उनले भने- ‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ दिओस् ।' पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता सामाजिक सञ्जाल र मिडियामा चलिरहेको छ । यस विषयमा भण्डारीको तर्फबाट र एमालेबाट स्पष्ट जानकारी भने अहिलेसम्म दिइएको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार