बालिका मृत्यु प्रकरण : हिमाल अस्पतालमा पीडित पक्षको धर्ना

बुधबार, १० फागुन २०७९
काठमाडौ । उपचारको क्रममा चिकित्सकको लापरबाहीले बालिका ज्यान गएको भन्दै अस्पताल घेराउ गरिएको छ । बालिका प्रशंशा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजी गरेका छन्  । नाराबाजीका कारण काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ । मोरङका गौरव दर्पण तथा गंगा गौतमले आफ्नी २८ महिने छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पतालमा धर्ना दिएका हुन् ।  उनीहरूले उचित क्षतिपूर्तिको माग समेत गरेका छन्  । आज पीडित पक्षले अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका हुन् । पीडित पक्षले चिकित्सक माथि छानबिन गरी कडा कारबाही गर्न  माग गरेका छन् । उनीहरुले ‘मान्छे मार्न पाइदैन्’ ‘ज्यानमारा चिकित्सक चाहिँदैन्’ भन्नेजस्ता चर्का नाराबाजी लगाउँदै सो अस्पतालको मुख्यगेटमासमेत ताला लगाइदिएका छन् । पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरुको माग सम्बोधन नगरे अस्पतालमा तोडफोडसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन् । गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंशालाई उनका बुबाले उपचारका लागि सो अस्पताल पुर्‍याएका थिए । तर,अस्पतालमा कार्यरत चिकित्सकले कुनै परीक्षण नगराई औषधि दिएको र विरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षर समेत नगरेर लापरबाही गरेकाले उनको ज्यान गएको पीडित पक्षको आरोप छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार