बिर्तामोडमा विद्युत् सर्ट भएर आगलागी हुँदा नौ लाख बराबरको क्षति

आइतबार, ०९ असार २०८१
बिर्तामोड :  झापाको अर्जुनधारा-११ मा रहको बिर्तामोडको नयाँ बसपार्कमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए । आज बिहान ७ः३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको थियो । बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँबराबरको क्षति भएको हो । बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आयो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार