इटहरी उपमहानगरपालिकाको बजेट ३ अर्ब ५७ करोड (पुर्णपाठ सहित)

सोमबार, १० असार २०८१
इटहरी : इटहरी उपमहानगरपालिकाको नगरसभा नेकपा एमालेले बहिस्कार गरेपछि ६ नम्बरका वडा अध्यक्ष दिवस पोखरेलले बजेट प्रस्तुत गरेका छन् । कानुन अनुसार उपप्रमुखले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि एमालेले बहिस्कार गरेपछि ६ नम्बरका वडा अध्यक्ष तथा इटहरी उपमहानगरपालीकाका प्रवक्ता पोखरेलले बजेट प्रस्तुत गरेका हुन । बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेका नगरसभा सदस्यहरू नगरसभाबाट बाहिरिएका थिए । १०९ नगरसभा सदस्यमध्ये नगरप्रमुख पौडेलसहित २० जना सदस्यहरूको उपस्थितिमा आय-व्यय इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलले पेस गरेका छन् । एमालेले बहिस्कार गरेपछि प्रवक्ता समेत रहेका पोखरेललाई नगर सभा अध्यक्ष तथा मेयर हेमकर्ण पौडेलले जिम्मेवारी दिएका हुन् । बजेट प्रस्तुत गर्ने जिम्मेवारी पाएका पोख्रेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका छन् ।  पोख्रेलले प्रस्तुत गरेको बजेटमा इटहरी उपमहानगरले आव २०८१ ०८२ को मुख्य ५ वटा प्राथमिकताहरु रहेका छन् । जसमध्ये भौतिक पूर्वाधार विकास ,स्वास्थ्य र शिक्षाको विकास ,समाज परिचालन र समाजिक विकास , कृषी र उत्पादनमा जोड ,बाढी नियन्त्रण एवं विपद् जोखिम न्यूनिकरण रहेको छ । इटहरी उपमहानगरपालिकाको बजेटको पुर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार