काठमाडौं । प्रतिनिधिसभा विघटन एवं प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिविरुद्ध परेका रिटउपर सुनुवाइ सुरू भएको छ । सर्वोच्च अदालतले आज संवेधानिक इजलास गठन गरी सम्बन्धित सबै रिटहरूलाई एउटै इजलासमा राखेर एकैपटक सुनुवाइ सुरू गरेको हो । अहिले इजलास चलिरहेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएका छन् । ती सबै रिटमाथि एकैपटक सुनुवाई थालिएको हो ।
प्रतिक्रिया