नेसनल लाइफ इन्स्योरेन्सले मनायो ३६औं वार्षिकोत्सब

बुधबार, १० फागुन २०७९
इटहरी । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो ३६ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ । देश भरीनै विभिन्न कार्यक्रम गरेको इन्स्योरेन्सको प्रदेश १  कार्यलयले पनि विविध कार्यक्रमहरु आयोजना गर्यो वार्षिकोत्सबको अवसरमा बिराटनगर तथा इटहरीमा रक्तदान गरिएको छ भने प्रदेश १ का विभिन्न स्थानका आश्रमहरुमा खाद्यन्न वितरण गरिएको थियो । इटहरीमा गरिएको रक्तदानमा ४१ जनाले रक्तदान गरेका छन् भने बिराटनगरमा गरिएको रक्तदानामा १४ जनाले रक्तदान गरेको नेसनल लाइफ इन्स्योरेन्स प्रदेश १ कार्यलय प्रमुख नरेन्द्र राईले जानकारी दिए । प्रदेश १ को गाइघाट शाखाले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको छ भने इटहरीले निसहाय बालबालिका आश्रम, बिराटनगरले मानव आश्रम, धरान तथा धनकुटाले विश्रान्ती मन्दिर वृद्दाआश्रममा खाद्यान्न वितरण गरेको छ । यस्तै, दमक शाखाले हाम्रो बाल आश्रम, बिर्तामोडले परोपकार तथा अनुसन्धान केन्द्र, ताप्लेजुङ शाखाले अपाङ्ग बालबालिका आवस गृह तथा कटारी शाखाले कमला खोज बालगृहमा खाद्यान्न वितरण गरेको प्रदेश १ कार्यलय प्रमुख राईले जानकारी दिएका छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार