इटहरीको ट्याङ्रा पुल भत्काएपछि कटान सुरु आसपासका २५ घर जोखिममा 

बुधबार, १२ असार २०८१
इटहरी  : सुनसरीको इटहरी १३ मा रहेको ट्याङ्रा खोलाको पुल बाढिले भत्काएपछि आसपासका २५ भन्दा बढी घरहरू कटानको जोखिममा परेका छन् । इटहरी उपमहानगरपालिकाले खोला सफाईका क्रममा पुल मुनिको भाग समेत सफाइ गरेपछि पुल कमजोर भएर भत्किएपछि कटान सुरु भएको स्थानीयले बताएका छन् । पुल भत्काएपछि स्थानीयले अस्थायी बासको पुल बनाएर आवतजावत गर्न थालेपनी पुल भत्काएपछि आसपासका २५ बढी घरहरू कटानको जोखिममा परेको स्थानीय गीता पोखरेलले बताइन ।  वडा कार्यालय र इटहरी उपमहानगरपालिकाले कटान रोक्न कुनै पहल नगरेको उनले  बताइन् । "वडा कार्यालयले पनि चासो दिएन अलि ठुलो वाढी आए गाउँ र घर नै डुबाउँछू उनले थपिन् । पक्की पुल भत्काएपछि लडेको भागले पानी थुनेपछि खोलाको दायाँ र बायाँ बाट कटान सुरु भएको स्थानियबासीले मंतलवार राती ११ वजे गाउँमा बोरा खोजेर कटान क्षेत्रमा राखेको थिए । कटनका कारण आफू रातभर सुत्न नसकेको स्थानीयहरूले बताए । "कटान रोक्न राति ११ बजे माटो भरेर बोराको बार लगायौ तर रातभर पनि परेपछि खोला बढेको छ" एकनाम स्थानीयले  भने । उपमहानगरपालिकाले खोला थुनेको पुलको भाग हटाएमा कटान रोकिने भएपनी त्यसो नभएको स्थानीयले बताए ।  इटहरी उपमहानगरपालिकाले चासो नदिएको कारण मेयरलाई भेट्ने र गुनासो गर्ने स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार