मोरङको घाँगी खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

बुधबार, १२ असार २०८१
विराटनगर । मोरङको रंगेली नगरपालिका–४ मा रहेको घाँगी खोलाले बगाएर बुधबार बिहान बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । घाँगी खोलाले बगाउँदा बेपत्ता भएका रंगेली–४ का ४५ वर्षीय नागेन मण्डललाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार ४ जनाले एकैपटक खोला तर्न खोजेका थिए । तर्ने क्रममा नागेनलाई बिहान १०ः४५ बजेतिर खोलाले बगाएको थियो । स्थानीयको सहयोग लिएर नेपाल र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट १ सय ५० मिटरजति तल शव फेला डीएसपी बस्नेतले बताए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । नागेनसँगै रहेका अन्य ३ जना भने सकुशल छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार