विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारमाथि अन्याय भएको बताएका छन्। बिहीबार १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरको भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।
प्रदेश सरकारको गाडी मात्रै लड्यो भने पनि प्रदेश सरकार खारेज गर्नुपर्छ भन्दै समाजिक सञ्जालमा लेख्ने गरेको बजेटका विषयमा पनि प्रदेशलाई मात्रै देख्ने र केन्द्रलाई नदेख्ने बताउँदै मुख्यमन्त्री कार्कीले आफूहरू पनि अन्यायमा रहेको बताए। उनले संघीय प्रहरी ऐन, संघीय निजामती ऐन, शिक्षा ऐन अझैसम्म नबनेको बताउँदै उनले संविधानले तोकिएका अधिकार पनि अड्किएकाले यस विषयमा संघीय सरकारसँग छलफल र बहस भइरहेको बताए।
‘कैयौँ क्षेत्रमा हस्तान्तरणका प्रक्रिया पूरा भएको छैन, पाँच वर्षमा प्रदेश र स्थानीय तहले पाउनुपर्ने पाएको छैन।’ उनले भने,‘ बजेट दिने कुरामा पनि कन्चुस्याइ गरेको र यसका लागि बहस गरिहेका छौँ।’प्रदेश सरकारको प्रहरी संरचना बनेपछि बजेटलाई विनियोजन गरेर बाँकी काम गर्ने प्रतिबद्धता जनाउँदै उनले प्रहरीका बारेमा आउने जनताको गुनासो सुन्दिन प्रहरी प्रमुखहरूलाई आग्रहसमेत गरे थिए।
‘सेवा प्रवाह राम्रो नभएको चुस्त दुरुस्त नभएको जनतालाई राम्रो व्यवहार गरेन भन्ने गुनासो छ’ उनले भने,‘ यसलाई ध्यान दिन आवश्यक छ।’
नेपालमा हतारोमा शिलान्यास धमाधम गरिहाल्ने शिलान्यास पछिका सबै कामहरू अलपत्र पर्ने चलन तोड्नुपर्ने मान्यता प्रदेश सरकारको रहेकोमा मुख्यमन्त्री कार्कीले जाड दिए।संघले प्रहरी ऐन हस्तान्तरण नगरी भवन निर्माण किन गर्ने ? भन्ने विषयमा मन्त्रालयमा बहस समेत भएको स्मरण गरे।
‘नेपाल सरकारको अर्थ मन्त्रालय र गृह मन्त्रालयले प्रश्न उठाएका थिए। महालेखाले टिप्पणीसमेत उठायो, सैद्धान्तिक बेरुजुका कुरा पनि उठे, सबै कुराहरुलाई व्यवस्थापन गर्दै मन्त्रीको हैसियतले आफूलाई अगाडि सार्दै मैले भेनको थिएँ, प्रदेशमा बनेका प्रहरीका भवनहरु संघीय प्रहरीको संरचनाले बोकेर काठमाडौं लग्दैन। ’ उनले भने,‘ प्रदेशको जनताको लागि सुशासन, शान्ति सुरक्षाको प्रत्याभूति यहाँको जनाताको लागि अधिकार बाँडफाँड नभएसम्म प्रदेश सरकार पनि केन्द्र सरकारकै रुपमा यहाँका संरचनामा आएर अगाडी बढ्छ भन्ने मान्यतालाई मैले अगाडि सारेँ।’सोही मान्यतालाई केन्द्रीय गृह मन्त्रालय, अर्थ मन्त्रालयलाई बुझाएर नीतिगत व्यहोरा र व्यथितिलाई हटाएर कामलाई अगाडि बढाएको उनले बताए।
प्रतिक्रिया