कांग्रेसलाई राष्ट्रपति  दिँदा राष्ट्रिय सहमति हुन्छ : मन्त्री किराती

विहीबार, ११ फागुन २०७९
भोजपुर । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले नेपाली कांग्रेसलाई दिनुपर्ने बताएका छन् । मन्त्री किरातीले कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन् । गृह जिल्ला भोजपुरमा सञ्चारकर्मीहरुसंँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रपति कांग्रेसबाट बनाएमा राष्ट्रिय सहमती हुने उल्लेख गरे । माओवादीले प्रधानमन्त्री, एमालेले सभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले उप–सभामुख लिइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीले उपराष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने किरातीको दाबी छ । मन्त्री किरातीले भने, ‘राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, जनताको स्थिति, निर्वाचनबाट प्राप्त जनादेशले र संविधानको भावना राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक  भएको हुनाले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बन्नुपर्छ ।’ राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम भएमा देशलाई निकास दिन सकिने किरातीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार