झापाबाट भारततर्फ बाख्रा लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ

विहीबार, ११ फागुन २०७९
झापा । नेपालबाट भारततर्फ तस्करी गरेर बाख्रा लाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । झापाको झापा गाउँपालिका–१ लसुनाबाट इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलिले बुधबार मे १ च ४७३३ नम्बरको पिकअप सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–३ बस्ने गाडी चालक २६ वर्षीय सेख असरत र सोही ठाउँका २९ वर्षीय रकमुदिन मिँया रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।शंका लागेर चेकजाँच गर्ने क्रममा ३१ वटा बाख्रा र गाडी सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवशयक कारबाहीको लागि आज बिहिबार मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार