प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवालीका अनुसार सुविधा सम्पन्न भवन बनेपछि सेवाप्रवाह सहज भएको छ । कोठाहरु पर्याप्त भएकाले नयाँ भवन बनेपछि काम कारबाहीमा सहजता आएको उनको भनाइ छ । ज्ञवालीले भौतिक हिसाबले सम्पन्न हुँदा कार्यक्षेत्रमा अनकूल वातावरण सिर्जना भइ प्रहरीलाई थप उर्जा तथा जोशका साथ काम गर्न प्रेरणा मिल्ने उल्लेख गरे । पहिलेको भवन साँघुरो, पुरानो र जीर्ण हुँदा कार्यसम्पादन एवं सेवा प्रवाहमा समस्या भइरहेको थियो ।
नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताव सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए । उनले प्रदेश सरकारको सहयोगबाट नयाँ भवन निर्माण भएर कार्यसम्पादन सहज बनेसँगै प्रहरी कर्मचारीको मनोवल उच्च भएको उल्लेख गरे । प्रहरीबाट प्रदान हुने सेवा समयानुसार स्तरीय हुँदै जाने धारणा राख्दै सिंहले कानुनको परिधिमा रहेर नागरिकमैत्री सेवाप्रवाह गर्न प्रहरीलाई निर्देशन दिए ।
नवनिर्मित भवन उद्घाटनका अवसरमा भवन निर्माणका लागि उल्लेख्य योगदान पु¥याउने निर्माण कम्पनीसहित प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)हरु ढुण्डीराज गिरी र महेश भट्टराईलाई सम्मानसमेत गरिएको छ । उनीहरुलाई मुख्यमन्त्री कार्कीले प्रशंसा पत्रले सम्मान गरेका हुन् ।
कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु, प्रदेशका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईं, उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य, सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, स्वास्थ्य मन्त्री निर्मला लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, जनप्रतिनिधि, प्रहरी अधिकारीहरु, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया