‘बढ्दो बैंक ब्याजदरको विषयमा प्रदेश सरकारले विशेष चासोका साथ हेरिरहेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको हिसाबले संघीय सरकार र नेपाल राष्ट्र बैंकलाई ब्याजदर दोहोरो अंकभन्दा कम गर्न लबिङ गर्नेछु’ उनले भने, ‘नेपालभित्र उद्योग, व्यापार गर्न सक्ने र नेपालका औद्योगिक क्षेत्रलाई बलियो बनाउन, नीजि क्षेत्रलाई प्रोत्साहन गर्न, नीजि क्षेत्रका समस्यालाई सम्बोधन गर्न र भएका समस्यालाई तत्काल समाधान गर्न नेपाल सरकारलाई यहीँ मञ्चबाट आव्हान गर्दछु ।’
प्रदेश सरकारको नीति, कानुनमा भएका समस्याका हल नीतिगत तहमा नै समाधान गर्ने प्रतिबद्धता गर्दै उनले धरान एक्स्पोको सफलताको शुभकामना व्यक्त गरेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले एक्स्पो आयोजकलाई उद्देश्य प्राप्तिका लागि शुभकामना दिएका छन् । अर्थतन्त्र चलायमान बनाउन सुनसरी उद्योग वाणिज्य संघले गरेको कदमको प्रशसा गर्दै उनले ‘धरान एक्स्पो २०७९’को उद्देश्य सफल बनाउन सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आव्हान गरेका छन् ।
एक सय २३ स्टलसहित सुरु भएको एक्स्पो धरान रङ्गशालामा फागुन ११ देखि २० गतेसम्म आयोजना हुनेछ । पर्यटन, कृषि, सूचना प्रविधि, कला, संस्कृति, साहित्य, शिक्षा तथा औद्योगिक व्यापारलाई मुख्य उद्देश्य राखिएको एक्स्पो अवधिभर तीन लाख मानिसले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया