नेप्से कारोबारको तीन मिनेटमै दोस्रो सर्किट

आइतबार, १३ साउन २०८१
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा कारोबारको तीन मिनेटमै दोस्रो पटक सकारात्मक सर्किट लागेको छ। आजको कारोबार शुरू भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो। त्यसपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो। दोस्रो पटक कारोबार शुरू भएको एक मिनेटभित्रै फेरि परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेको छ। दोस्रो सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पूँजी बजारमा देखिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार