सुनचाँदीको मूल्य घट्यो

शुक्रबार, ०७ भदौ २०८१
काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय १५ रूपैयाँमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार