काठमाडौं । भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न माग सहित युवाहरुले बालुवाटार घेराउ गरेका छन् ।
शनिबार भ्रष्टाचारमा हदम्यादको कुरा स्वीकार्य नहुने लगायत विभिन्न मागहरु राख्दै युवाहरूको समूहले बालुवाटारमा आन्दोलन गरेका हुन् ।
सोहीक्रममा, नागरिक पहिलो अभियान केन्द्रीयजन परिचालन कार्यदलको संयोजक मिलन कान्छा किरातीले देशमा वैधानिक रुपमा लुट मच्चाइ रहेको भन्दै बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई चेतावनीको रुपमा पनि घेराउ गरेको बताए ।
उनले भने, ‘अहिले देशमा वैधानिक रुपमा लुट मच्चाइएको छ । यो नागरिकले सहन सक्दैँन् । देशको विकास गर्ने हो भने भ्रष्टाचारलाई पहिलो नम्बरमा सकाउनुपर्छ र संविधानको लागिकाम गर्नुपर्छ । बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई एउटा चेतावनीको रुपमा पनि घेराउ हो । बालुवाटारमा बसेर ठिक ढङ्गले कामनगर्नेहो भने खाली गर्नुपर्ने अवस्था आउँछ भनेर सचेत पनि गराउन आएका छौ ।’
यस्तै, उनले देशको समृद्धि र विकासको लागि सबैभन्दा पहिला भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्ने भन्दै भ्रष्टाचारलाई पनिहदम्याद राखेर वैधानिक बनाउने कुरा स्वीकार्य नभएको बताए ।
उनले भने, ‘मुठिभरका शासक र दलहरुले देशका युवाहरुलाई र जनताको अधिकारलाई खोस्नु भएको छ । खोसिएको अधिकार र देशको समृद्धि एवम् विकासका लागि पहिले भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्छ । भ्रष्टाचारलाई हदम्याद राखेर वैधानिकबनाउने कोशिस भएको छ । पाँचवर्षको हदम्याद कुनै पनि हिसाबले लागू हुनुहुदैँन् । स्वीकार्य हुदैंनभन्नको लागि युवाहरु सडकमा उत्रिएका छन् ।’
उनीहरुले गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी, ललितानिवास लगायतका अनियमितताको काण्डमा अनुसन्धान गर्न तथा वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न माग गरेका छन् ।
प्रतिक्रिया