तनहुँ दुर्घटना : मृत्यु भएका व्यक्तिको शव भारत लगियो

शनिबार, ०८ भदौ २०८१
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बस खस्दा मृत्यु भएका २७ भारतीय नागरिकको शव भारत लगिएको छ । चितवनको भरतपुर अस्पतालमा पोस्टमार्टमपछि शव भारत लगिएको हो । शव लैजान भारतीय वायुसेनाको विमान शनिबार अपराह्न भरतपुर पुगेको थियो । वायुसेनाको विमानमार्फत २५ र शववाहनबाट दुई शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । त्यसअघि, भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधि पुगेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार