शिबिरमा १ सय १३ जना बिरामीहरुलाई मोतियाबिन्दु देखिएको वरिष्ठ नेत्र विशेषज्ञ डा .विजय गौतमले बताए । मोतीयाविन्दु देखिएका बिरामीहरुलाई शल्यक्रिया गर्न नव दृष्टि आँखा अस्पताल इटहरी द्धारा सञ्चालित तुम्लिङटार आँखा उपचार केन्द्र रिफर गरिएको थियो ।
वरिष्ठ नेत्र विशेषज्ञ डा .विजय गौतमको नेतृत्वमा ७ जनाको प्राविधिक टोलीले रिफर गरीएको विरामीको शल्यक्रिया सम्पन्न गरेको तुम्लिङटार केन्द्रले जनाएको छ । शिबिर धर्मदेवी नगरपालिका र आखा अस्पतलाको सहकार्यमा भएको थियो । यस अघि भोजपुर,धनकुटा,मोरंग,सुनसरी लगायतका जिल्लाहरुका उक्त अस्पतालले निशुल्क शिबिर गरिसकेको अस्पताल प्रबन्धक शाहीले जानकारी दिए ।
प्रतिक्रिया